न्यूयोर्क टाइम्स पनि भन्छः नेपाली चियाको इतिहास दार्जिलिङभन्दा पुरानो

धनकुटाको चिया बगान। तस्बिर स्रोतः न्यूयोर्क टाइम्स

नेदरल्याण्ड्सका अन्वेषक एवम् भाषाविद् जर्ज भ्यान ड्रिमले लामो खोज–अनुसन्धानका आधारमा लेखेको ‘द टेल अफ टी’ किताब एक महिनाअघि काठमाडौंमा सार्वजनिक गरेका थिए।

त्योबेला उनले चिया चीनबाट सुरू भएको बताएका थिए। त्यस्तै नेपालमा चियाको इतिहास दार्जिलिङ भन्दा पुरानो रहेको पनि उल्लेख गरेका थिए।

जर्जले भनेका थिए, 'दार्जिलिङमा खेती हुनुभन्दा धेरैअघि सन् १८१८ सेप्टेम्बरमा एडवार्ड गार्डेनर्स नामका एक विदेशीले काठमाडौंमै चिया उम्रिएको फेला पारेका थिए। यसलाई सन् १८२० मा डेनिस वनस्पतिविज्ञ न्याथोनिल वालिचले पुष्टि गरेका हुन्।'

प्रकाशित मिति: : 2019-05-31 04:46:17

प्रतिकृया दिनुहोस्