राजधानीबाट हराएका सयौं मोटरसाइकलका अवशेष भोटेकोशी किनारमा (भिडियो रिपोर्ट)

ट्राफिकले बरामद मोटरसाइकल

प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका सयौं मोटरसाइकलका अवशेष सिन्धुपाल्चोक भोटेकोसी किनार र पहाडको खोँचमा फेला पारेका छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोली केही दिन अघि चोरी भएका मोटरसाइकल खोज्दै सिन्धुपाल्चोक पुगेको थियो।

महाशाखाको पीडित सहायता कक्षका प्रहरी निरीक्षक रुद्रबहादुर शाहको नेतृत्वमा खटिएको टोलीले भोटेकोसी किनारमा मोटरसाइकलका अवशेष मात्र फेला पारेको हो। सिन्धुपाल्चोकको बाह्रबिसेस्थित एउटा ग्यारेजमा मोटरसाइकलका पाटपुर्जा अदलबदली हुने सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

काठमाडौंमा पक्राउ परेका पुराना मोटरसाइकलमा नयाँ मोटरसाईकलका सामाग्री फिट गरेको भेटिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो। महाशाखाका अनुसार त्यस्ता ुकट पेस्टु भएका ३० भन्दा बढी मोटरसाइकल भेटिएका छन्।

महाशाखाका डिएसपी सुनिल जंग शाहले चोरी भएका मोटरसाइकलका सामाग्री पुराना मोटरसाईकलमा राख्ने घटना बढेको बताए। यही कारण चोरी भएका मोटरसाइकल भेटिने क्रम घटेको उनले बताए।

‘चोरीको मोटरसाइकलका सामाग्री निकालेर पुरानोमा राख्ने र अञ्चल वा प्रदेशीकरण गरी नयाँ नम्बर लिने प्रवृत्ति देखिएको छ,’ डिएसपी शाहले भने ‘यस्ता घटना उपत्यकामा मात्र होइन देशभरि नै बढेका छन्।’

प्रहरीले यसरी ुकट पेस्टु भएका मोटरसाइकल कारबाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाउने गरेको छ। यातायातले कानूनअनुसार १ हजार देखि ५ हजारसम्म जरिवाना लिएर छाड्ने गरेको 

प्रकाशित मिति: : 2019-05-30 15:13:09

प्रतिकृया दिनुहोस्