भूकम्पले आंशिक क्षति पुगेका घर पुनर्निर्माणको काम ओझेलमा

तस्बिरः उज्यालो

रामेछापको मन्थली नगरपालिका १३ का उदयबहादुर खत्री अहिले पनि परिवार सहित चर्केकै घरमा बसिरहनुभएको छ । सुर चिरा परेको, झ्यालमाथिको गारो चर्केको घरमा भूकम्पले आंशिक क्षति पुगेको छ । चारैतिर कौशी सहितको घर भूकम्पमा लडेन, तर क्षति भने भयो । ‘चिरा परेको ठाउँमा माटो खाँदेर टालटुल गर्यौं, अनि त्यसैमा बसेका छौं, भत्काउनु भन्दा बरु यसैलाई बलियो बनाउन पाए जसोतसो गुजारा चलाउन हुन्थ्यो’ खत्रीले भन्नुभयो ।

काभ्रेको फलाँटे कानपुरका छत्रबहादुर र राधा परियारको तीन तले घरमा पनि भूकम्पले आंशिक क्षति गर्यो । प्राविधिकले जाँच गरे, अनि मापदण्ड अनुसार प्रवलीकरण अर्थात् रेक्ट्रोफिटिङ गरेर बस्न मिल्ने बताए । प्राविधिकले सल्लाह त दिए तर ढुंगामाटोले बनेको घर प्रबलीकरण गर्न जान्ने कामदार भेटिएनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परियार दम्पत्तीको घरलाई प्रबलीकरण गर्नेगरी अघिल्लो महिनादेखि काम सुरु गरेको छ । अझै पनि काम नसकिएकाले जोखिम घरमै बस्नुपर्ने बाध्यता भने हटिसकेको छैन ।

प्रकाशित मिति: : 2019-05-24 14:13:50

प्रतिकृया दिनुहोस्