मिस नेपाल अनुष्का भन्छिन्- सिनेमामा जान्नँ, अभिनय गर्ने मेरो क्षमता छैन

मिस नेपाल अनुष्का

मिस नेपालको सुन्दरतालाई लिएर हरेक पटक चर्चा र विवाद हुने गर्छ। यसपालि पनि मिस नेपालको छनोट चरणमा  निर्णायकले एक प्रतिस्पर्धीलाई ‘किन मेकअप नगरेको’ भन्दै प्रश्न गरिन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।

धेरै निर्णायकको उक्त शैलीको आलोचना गरे। मिस नेपालमा सुन्दरता मात्र हेरिने भन्दै ट्रोल पनि बनाइयो।

यसपालि मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ भने मिस नेपालमा सुन्दरतालाई मात्र हेरिन्छ भन्ने धारणा गलत भएको बताउँछन्। अहिलेसम्म सबै मिस नेपाल विजेताहरू क्षमतावान नै भएको उनको दाबी छ।

‘आँखाअगाडि भइरहेको कुरालाई भएन भनेर बुझ्नेलाई त  मेरो भन्नु केही छैन,’ अनुष्काले सेतोपाटीसँग भनिन्, ‘मिस नेपाललाई यति सम्मान गर्नुको अर्थ भोलि अन्तर्राष्ट्रिय स्तरमा केही राम्रो गरोस् भनेर हो। त्यसको लागि केही योग्यता चाहिन्छ। त्यसलाई त्यति सजिलै बुझिदिए पुग्छ।’

मिस नेपालमा रोल मोडल र रिप्रेजेन्टेसन दुई कुरा हेरिन्छ। र सुन्दरता रिप्रेजेन्टेसनसँग जोडिने अनुष्का बताउँछिन्।

प्रकाशित मिति: : 2019-05-16 14:16:47

प्रतिकृया दिनुहोस्