आजबाट सदनमा पेलेरै अघि बढ्ने सत्तारुढ दलको तयारी!
संसदको अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुराकानी मिल्न नसकेपछि सत्तारुढ दलहरू अब पेलेरै अघि बढ्ने रणनीतमा लागकेा छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै प्रतिपक्षीहरूले सदनमा अवरोध गर्दै आएका छन्। लामो समयदेखिको सहमतीको प्रयास असफल भएपछि सत्तारुढ दलहरू अब सदनमा पेलेरै अघि बढ्ने रणनीतिमा पुगेका हुन्। सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भएको छलफलबाट बाहिरिने क्रममा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब प्रतिपक्षको अवरोध जारी रहेपनि संसद चलाउने दाबी गरे।
बिएल संवाददाता - काठमाडौं