बिएल संवाददाता
रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई गाडीको झ्यालबाट आधा शरीर निकालेर फ्लाइङ किस गरेको भिडियो भाइरल भएपछि चर्चामा छिन्।
आफैंले अपलोड गरेको सो भिडिओका कारण उनी ट्राफिक कारबाहीको भागीदार बन्नुपर्ने देखिएको छ।
सो भिडियो उनले गत फागुन २१ गतेको निर्वाचनको दिन अपलोड गरेकी थिइन्। त्यतिबेला चर्चामा नआए पनि यतिबेला ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा आएका भिडियोका आधारमा धमाधम कारबाही थालेपछि उनको भिडियो यतिबेला चर्चामा आएको हो।
धेरैले उनीमाथि कारबाही हुनुपर्ने भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गरेका छन्। नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा स्रोतका अनुसार सांसद भट्टराईमाथि ट्राफिक नियम उल्लंघनमा कारबाही हुनसक्छ।
यद्यपि ट्राफिक नियम उल्लंघन भएको स्थान नखुल्दासम्म कारबाही प्रक्रिया अगाडि नबढ्ने प्रहरी स्रोतले स्पष्ट पारेको छ। स्थान खुलेपछि जहाँ नियम उल्लंघन भएको हो त्यहीँ ठाउँको ट्राफिक प्रहरीले सवारी नियन्त्रणमा लिएर कारबाही हुने एक अधिकृतले बताए।
के हुन्छ कारबाही?
प्रहरी स्रोतका अनुसार भट्टराईमाथि यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने छ। ऐनविपरीतको काम गर्ने सवारी चालक र यात्रुलाई समेत कारबाही हुनसक्ने व्यवस्था अनुसार उनीमाथि कारबाही हुने प्रहरीले जनाएको छ।
उनीमाथि यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत लापरबाहीको कसुर आकर्षित हुन्छ। सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया