बिएल संवाददाता
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाको कारण पार्टी इतिहासकै कमजोर बनेको आरोप लगाएका छन्।
विराटनगरमा कांग्रेस इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएकाे आरोप लगाएका हुन्।
पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले बताए।
पार्टी नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरेको दाबी गरे।
‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ। यो कांग्रेस सिध्याउने षड्यन्त्र हो,’ बस्नेतले आरोप लगाए।
सभापति थापाबाट पार्टी एकढिक्का बन्छ भनेर आश गर्न सक्ने अवस्था नरहेको जिकिर गरे। उनले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकढिक्का भएर लाग्न आह्वान गरे।
उनले अगाडि भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो। त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्। अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने?’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया