राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक बिहीबार बस्दैछ। काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्ने बैठकको बिहान साढे ९ बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नेछन्। ३४ वर्षको इतिहासमा केन्द्रीय सल्लाहकार समितिको बैठक पहिलो चोटि बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ