बिएल संवाददाता
प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्रीसँग फोन वार्ता गरेकी छन्।
उपचारका लागि थाइल्याण्डको बैंकक गएकी राणाले त्यहीँबाटै इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतिसँग सोमबार फोन वार्ता गरेकी हुन्।
इजरायल हमास युद्धविराम आइतबारदेखि लागु भएको छ। विभिन्न चरणमा युद्ध बन्दीहरूलाई रिहाइ गर्ने क्रम चलिरहेको छ।
तर, हमासले पहिलो चरणमा रिहाइ गर्ने बन्दीहरूको सूचीमा विपिन नपरेपछि उनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री राणाले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
इजिप्टका विदेशमन्त्रीले इजिप्टका तर्फबाट मध्यस्थकर्ताको भूमिकामा रहेका अधिकारीलाई विपिनको रिहाइका लागि विशेष निर्देशन दिने आश्वासन दिएको सचिवालयले जनाएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया