बिएल संवाददाता
प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्रीसँग फोन वार्ता गरेकी छन्।
उपचारका लागि थाइल्याण्डको बैंकक गएकी राणाले त्यहीँबाटै इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतिसँग सोमबार फोन वार्ता गरेकी हुन्।
इजरायल हमास युद्धविराम आइतबारदेखि लागु भएको छ। विभिन्न चरणमा युद्ध बन्दीहरूलाई रिहाइ गर्ने क्रम चलिरहेको छ।
तर, हमासले पहिलो चरणमा रिहाइ गर्ने बन्दीहरूको सूचीमा विपिन नपरेपछि उनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री राणाले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
इजिप्टका विदेशमन्त्रीले इजिप्टका तर्फबाट मध्यस्थकर्ताको भूमिकामा रहेका अधिकारीलाई विपिनको रिहाइका लागि विशेष निर्देशन दिने आश्वासन दिएको सचिवालयले जनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया