बिएल संवाददाता
नेपाली कांग्रेसका जनप्रतिनिधिले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन्।
सोमबारको नगरसभा एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि असन्तुष्ट कांग्रेस जनप्रतिनिधिहरूले मेयर, उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन्।
विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा एमालेले बहिष्कार गरेको थियो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए। एकछिनको रस्साकस्सीपछि एमाले जनप्रतिनिधतिहरू नगरसभा बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।
एमालेले सभा बहिष्कार गरे पनि सत्ता गठबन्धनकै अर्को दल कांग्रेसका जनप्रतिनिधिहरूले भने सभामा बहुमत रहेको भन्दै बैठक चलाउन दवाब दिएका थिए। यद्यपि मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया