निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्।
‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ-आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्।
साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए।
‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनु, राम्रो गर्दै जानू, यहीँ मेरो शुभकामना छ,’ उनले भने।
बिएल संवाददाता
- बैंकक, थाइल्यान्ड