बिएल संवाददाता
बर्मेली नेपाली कवि टेकनारायण रिमाल ‘कौशिक’को ७५ वर्षको उमेरमा निधन भएको छ।
म्यान्मा (बर्मा)को पुरानो राजधानी याङ्गौँस्थित आफ्नै निवासमा शनिबार राति साढे १० बजेतिर उनको निधन भएको नेपालीभाषी साहित्यकारहरूले जनाएका छन्।
कवि रिमालको निधनसँगै बर्मेली नेपाली साहित्यको एक युगको अन्त्य भएको बर्मेली नेपाली साहित्यकारहरूले बताएका छन्। उनको निधनले म्यान्मा र थाइल्यान्डका नेपाली भाषा–साहित्यप्रेमीहरू दुःखी छन्।
‘हार्दिक श्रद्धाञ्जलि गुरुजी टेकनारायण रिमाल कौशिक। म्यान्माका नेपाली साहित्य जगत्का ध्रुववतारा, साहित्यका बहु बिधामा कलम चलाई म्यान्माको नेपाली साहित्यमा पद्य कवितालाई अमर राख्ने, मलाई छन्द कविता लेख्न प्रेरणा र शुभकामना दिनुहुने गुरुबाप्रति हार्दिक श्रद्धाञ्जलि,’ म्यान्माका युवा साहित्यकार भीम पाण्डेले फेसबुकमा लेखका छन्।
म्यान्माको नेपाली समाजमा भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न उनको सबैभन्दा ठूलो योगदान रहेको छ। कवि रिमालका दर्जनौँ कृतिहरू प्रकाशित छन्।
छन्द कविको परिचय बनाएका उनलाई बर्माका नेपालीभाषीहरूले ‘जिउँदो भानु’को उपमा दिएका थिए। शिक्षा र साहित्य क्षेत्रमा गरेको योगदानका निम्ति कवि रिमाललाई म्यान्मा, थाइल्यान्ड, भारत र नेपालका विभिन्न संघ–संस्थाहरूले सम्मानसमेत गरेका थिए।
‘छन्दमा कविता लेख्ने थोरै कविहरू मध्ये बर्माका अत्याधिक लोकप्रिय पद्य कवि! उमेरले हामीहरूका अग्रज हुँदा पनि आत्मीयताले व्यवहारमा साथी हुनुभएका प्रिय कवि! आफ्ना कविता गीत मुक्तक गजल भजन र धेरै फुट्कर रचनाहरूमा सधैं बाँचिरहने छौँ, हामी माझ! अल्बिदा कविवर टेकनारायण रिमाल कौशिक जी!,’ साहित्यकार लक्ष्मण न्यौपानेले लेखेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया