निबन्धकार नयाँघरेले गरे थाइ नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन
थाइल्याण्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन्। थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार विजेता नयाँघरेले थाइल्याण्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन्। थाइल्याण्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा-साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे। पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड