दिगाे
ए मेरो गुरु
तपाईंले मुखमा
पुकार चपाउँदै चपाउँदै
स्वास्थ्य तथा शारीरिक शिक्षा पढाएको हो नि
मलाई अहिले पनि याद छ
तपाईंले थुक्दा थुक्दा
रातो भएको त्यो कक्षा कोठाको कुना
मलाई त्यो पनि याद छ
तपाईंले त्यो नजिकैको मेलामा
रक्सी खाएर बोलेको
त्यो गाउँका डुम भनेर दलितलाई भनेको
म तपाईंलाई के को संज्ञा दिऊ
पुकार खाँदै स्वास्थ्य पढाउने शिक्षक
कि
सामाजिक पढाउने
रक्सी खाँदै गाउँ-गाउँ मेलापात कराउने
शिक्षक कि
भेदभाव गर्ने एक शिक्षक
ए मेरो
विज्ञान पढाउने गुरु
ढुङगाको सरस्वती पुज्न
तपाईंले सिकाएको हो नि
के को संज्ञा दिऊ तपाईंलाई
विज्ञान शिक्षकको को कि
अन्धविश्वास फैलाउन पुजारीको
बोल्नुहोस्, भन्नुहोस् मेरो गुरु
तपाईंको वास्तविक परिचय के हो
धन नभए बाच्न नसकिने संसारमा
तपाईंले बाँढेको अंकगणितको ज्ञानले
एक बोतल पानीको मूल्य तोकेछ
एक गरीबले
त्यही पानी पिउन ऋण बोकेछ
त्यसैले
मलाई लाग्दछ
ए मेरा शिक्षक
गुरु त स्वयम् जीवन हो
प्रकृति स्वयम् ज्ञानको भण्डार हो
मानव त मात्र एक झिनो शिष्य हो
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया