दिगाे
चुनाव आयो
सबै-सबै आए
उम्मेदवार भए
मैले एकलाई छानेँ
उसैलाई भोटे छाप हानेँ
मैले के बिराएँ
तिमी नेता, म जनता
हाम्रो सम्बन्ध यत्ति न हो
तिमीलाई भोट नहाल्दा
म कसरी भेडा भएँ
तिमीले इतिहास पढेका रहेनछौ
देश एकीकरण गर्ने
अङ्ग्रेजसँग लड्ने
नेपालमा प्रजातन्त्र ल्याउने
पहिलो दोस्राे जनाअन्दोलन गर्ने
जनयुद्ध ताका शाही सेनासँग लड्ने
ती सबै के भेडा हुन्
निधारमा खरानी घसेर
मृत्युलाई कम्मरमा कसेर
देशका लागि भनेर
बलिदानी दिने मेरै बा त हुन
के वीरगति प्राप्त गर्ने मेरा बा भेडा हुन
तिमीले के गरेका छौ र
मलाई भेडा भन्ने
मैले फलाएको अन्न खाएर
मैले बनाएको बाटोमा गाडी गुडाएर
मैले सिलाएको ढाका टोपी लाएर
तिमी राष्ट्रवादी नेता हुने
म राष्ट्रघाती भेडा हुने
कसरी कसरी
कस्तो मन्द बुद्धि, छुच्चो मुख हो तिम्रो
दोस्रो प्रकृतिको रचनाकारलाई
भेडा हौ भन्ने
म भेडा होइन
म राष्ट्रघाती होइन
म सच्चा जनता हुँ
सच्चा जनता
(लेखक सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा राजनीतिक शास्त्रमा अध्ययनरत विद्यार्थी हुन्।)
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया