बिएल संवाददाता
खाद्य तथा स्वादका राजदूतका रुपमा परिचित विनाेद बरालद्वारा लिखित ‘म:म:का पाइलाहरू’काे विमाेचन सम्पन्न भएकाे छ।
बेलायतमा बासाेबास गर्दै आएका बरालकाे पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरकाे ‘दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल’मा विमोचन भएको हो।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले कृति विमोचन गरेका थिए।
विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ। यो कृतिमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ।’
नयाँघरेले थपे, ‘नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन्।’
कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए।
अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए। कार्यक्रमकाे आयाेजक माे:माे फाउन्डेसन र सह-आयाेजक सरस्वती केन्द्र नेपाल थियो।
पोखरामा जन्मिएका बराल लामाे समयदेखि लण्डनमा बस्दै आएका छन्। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उत्तिकै क्रियाशील रहेकाे जानकारहरू बताउँछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया