अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेद्वारा प्रदान गरिने सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ का लागि छनोट भएका १० पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ।
समाजद्वारा आव्हान गरिएअनुसार ‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार- २०२५’ का लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट निर्णायक समितिद्वारा सर्वसम्मतिले छनोट गरिएका १० उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको हो।
यीमध्ये एक सर्वोत्कृष्ट कृतिको घोषणा यहि ५ अगष्टमा गरिने र सो कृतिका स्रष्टालाई ९ अगष्टमा लण्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा पुरस्कृत गरिने पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठले बताए।
छनोटमा परेका १० उत्कृष्ट पुस्तकहरूको सूची-
१) डा. श्रीधर खनाल (उपन्यास)- सावर्णि
२) ठाकुर बेलवासे (कविता संग्रह)- चोटहरूको उत्सव
३) जीत बुढाथोकी छन्त्याल (मुक्तक संग्रह)- यानीमाया
४) लालगोपाल सुवेदी (कविता संग्रह)- अनि प्रतीत्य समुत्पाद-शुन्य शून्य महाशून्य
५) सूर्य खड्का विखर्ची (खण्डकाव्य)- अर्जुन-उलूपी
६) डा. राजकुमार छेत्री (भूमिका संग्रह)- अक्षरका आयाम
७) सुमन थापा ‘संगम’ (कविता संग्रह)- अभ्युदय
८) सबी श्रेष्ठ (मुक्तक संग्रह)- अपरिभाषित आभा
९) खगेन्द्र गिरि ‘कोपिला’ (नियात्रा संग्रह)- पर्जन्य मास
१०) विजय हितान (कविता संग्रह)- मलाई आर्यघाट लगेर नजलाउनू।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया