सोमबार, ११ अगस्ट २०२५

‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५’ का लागि उत्कृष्ट १० पुस्तक घोषणा

News Image
• • •

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेद्वारा प्रदान गरिने सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ का लागि छनोट भएका १० पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ।

समाजद्वारा आव्हान गरिएअनुसार ‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार- २०२५’ का लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट निर्णायक समितिद्वारा सर्वसम्मतिले छनोट गरिएका १० उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको हो।

यीमध्ये एक सर्वोत्कृष्ट कृतिको घोषणा यहि ५ अगष्टमा गरिने र सो कृतिका स्रष्टालाई ९ अगष्टमा लण्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा पुरस्कृत गरिने पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठले बताए।
   
छनोटमा परेका १० उत्कृष्ट पुस्तकहरूको सूची-

१) डा. श्रीधर खनाल (उपन्यास)- सावर्णि 
२) ठाकुर बेलवासे (कविता संग्रह)- चोटहरूको उत्सव
३) जीत बुढाथोकी छन्त्याल (मुक्तक संग्रह)- यानीमाया 
४) लालगोपाल सुवेदी (कविता संग्रह)- अनि प्रतीत्य समुत्पाद-शुन्य शून्य महाशून्य
५) सूर्य खड्का विखर्ची (खण्डकाव्य)- अर्जुन-उलूपी 
६) डा. राजकुमार छेत्री (भूमिका संग्रह)- अक्षरका आयाम 
७) सुमन थापा ‘संगम’ (कविता संग्रह)- अभ्युदय 
८) सबी श्रेष्ठ (मुक्तक संग्रह)- अपरिभाषित आभा 
९) खगेन्द्र गिरि ‘कोपिला’ (नियात्रा संग्रह)- पर्जन्य मास
१०) विजय हितान (कविता संग्रह)- मलाई आर्यघाट लगेर नजलाउनू।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!