उकेरा
भारतको मोतिहारीको दुर्गम गाउँमा पहिलो पटक जब मोटर गाडी गुड्यो, सबैले खुब रमाइलो मानेर हेरे। बालक इमरान अहम्मदमा भने गाडीले छोडेर गएको धुँवाको अलग्गै नसा बस्यो।
गाडी हुइँकिने बित्तिकै उनी टायरले छाडेको डाममा त्यसलाई नजिकै गएर सुँघ्न पुगे। त्यसबेला उनको दिमागमा एउटै मात्र कुरा खेल्यो, ‘ठूलो भएपछि म यस्तै गाडी बनाउने ठाउँमा काम गर्छु।’
त्यसबेला उनी कति वर्षका थिए आफैंलाई थाहा छैन। तर, अहिले सोच्दा आफूले बाल्यकालमा देखेको सपना पूरा भयो भनेर गजक्क पर्छन्। कारण, उनी काठमाडौंमा लामो समयदेखि आफ्नै ग्यारेज चलाएर हजारौं गाडी मर्मत गरिरहेका छन्।
‘मलाई त्यो धुँवाको खुस्बु (गन्ध) नजिकै गएर सुघौँ-सुघौँ लाग्यो अनि कुदेर भुइँमै नाक टाँसेर सुँघे,’ उनले हाँस्दै भने, ‘मलाई त्यो खुस्बु यति मन पर्यो कि! त्यही बेला सोचेँ म पनि यही बनाउने ठाउँमा काम गर्छु। म पनि यस्तो गाडी बनाउने काम गर्छु। त्यसबेला म धेरै सानो थिएँ। उमेर याद थिएन तर सपना यही थियो। जुन अहिले म खुसी साथ बाँचिरहेको छु।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया