सेतोपाटी
दार्चुलाको शैल्यशिखर नगरपालिका–७, दोबाटा निवासी ४६ वर्षीया हरिना खत्री घरायसी प्रयोगका लागि पानी बोक्न दैनिक ६ घण्टा हिँड्छिन्। घरबाट पानीको मुहान जान ओह्रालो हिँड्नुपर्छ, ४५ मिनेट लाग्छ।
फर्किंदा पानीको भारीसँग उकालो हिँड्न एक घण्टा १५ मिनेट लाग्छ। दिनमा तीनपटक पानी नल्याई हुँदैन।
दुई घण्टा समय मुहानबाट सबैभन्दा नजिक घर हुनेका लागि हो। सबैभन्दा टाढाकालाई कम्तीमा साढे दुई घण्टा लाग्छ।
हरिना १५ वर्षको उमेरमा बिहे भएर हालको मालिकार्जुन गाउँपालिकाबाट शैल्यशिखर नगरपालिकाको दोबाटा आइन्। त्यही बेलादेखि हो उनले दैनिक ६ घण्टा पानी बोक्नु परेको।
'यसरी नै जीवनको ३० वर्ष बितिसक्यो, पानीको दुःख छुटेको छैन,' उनले भनिन्।
दोबाटा गाउँ शैल्यशिखर नगरपालिका–७ को उच्च लेकमा छ। यहाँ पानीको समस्या नयाँ होइन, अनेक पुस्ताले भोगेको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया