हिमाल खबर
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता वैकल्पिक आयआर्जनका काममा लागेका छन्।
चितवनको माडी नगरपालिका-१ वनकट्टास्थित बोटे बस्तीका बासिन्दा १५ वर्षअघिसम्म नारायणी, राप्ती र रिउ खोलामा वटुवालाई नदी तार्ने परम्परागत काम गर्थे। समुदायका महिला निगुरो, च्याउ र तामा बटुल्न एकाबिहानै बस्ती छेउछाउका जंगल पस्थे। माछा मार्न र घोंगी टिप्न नदीनाला चहार्थे। नदीमा डुंगा खियाएर र संकलित चिजबिज बिक्रीबाट भएको आम्दानीले जीविका चलाउँथे।
तर विकासको क्रमसँगै बाटो र पुल बनेपछि नदी तार्ने उनीहरूको काम संकटमा पर्यो। भएको थोरतिनो जग्गा पनि नदीले कटान गरेर लग्यो।
अर्कातिर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आएपछि बोटे समुदायकाे बस्ती रहेको वनकट्टा र पाण्डवनगर वरिपरिको जंगल समेत समेटेर २०३१ सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाइयो। संरक्षण ऐनले कुनै पनि समुदाय र व्यक्तिलाई निकुञ्जका प्राकृतिक स्रोतमाथिको उपभोगमा प्रतिबन्ध लगायो। यसले बोटे समुदायलाई जीविकोपार्जनका लागि निर्भर रहँदै आएको खोला र जंगलबाट टाढिनुपर्ने बनायो।
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया