अनलाइनखबर
हरेक राजनीतिक क्रान्ति, राजकीय स्वरूप तथा संरचना परिवर्तन र शासकीय सुधारसँग निश्चित अपेक्षा जोडिएका हुन्छन् । त्यसको ठोस र ऐतिहासिक परिवेश हुन्छ । त्यसले विद्यमान खास समस्या समाधान हुने र नयाँ परिणाम दिने आशा गरिएको हुन्छ ।
जब ती अपेक्षा पूरा हुँदैन, क्रान्ति, परिवर्तन वा सुधार नै अर्थहीन जस्तो बन्न पुग्दछ । परिणाम नदिने नयाँ अभ्यास मान्छेलाई निरर्थक लाग्न थाल्दछ । संघवादको सिद्धान्त र अभ्यास आज त्यस्तै जोखिममा परेको छ ।
मधेश जनविद्रोहको आँधीबेहरी नचलेको भए माओवादी युद्ध र जनआन्दोलन २०६२/६३ ले मात्र देश संघीयता, समावेशिता र सामाजिक न्यायको सैद्धान्तिक स्वीकारोक्ति र नयाँ संविधानमा त्यसको प्रबन्धन गर्नुपर्ने स्थितिमा पुग्थ्यो भनेर पत्याउने आधार फितला थिए ।
तर, त्यसको नकारात्मक पाटो पनि उत्तिकै प्रबल रह्यो । आफ्नो प्रतिबद्धता, संलग्नता र नेतृत्वदायी भूमिका विनाको आन्दोलनबाट स्थापित भएको हुँदा कथित ठूला र मूलधार दलहरूले त्यसलाई अनिच्छापूर्वक बाध्यतावश स्वीकार त गरे तर स्वामित्व लिएनन् । उनीहरूको मनोविज्ञान झारा टार्ने दृष्टिकोणबाट प्रेरित बन्न पुग्यो । तिनले संघीयताले उपलब्ध गराएको अवसरको उपयोग त गरे तर त्यसको सबलीकरण र सार्थकता सिद्ध गर्नतिर दत्तचित्त भएर लागेनन् ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया