बिएल संवाददाता
पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ।
सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो।
एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन्।
पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।
घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो।
जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया