बिएल संवाददाता
टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ।
स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन। टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्केलेको तटमा रहेको गोक्सिडा वा इम्ब्रोस भनिने टापुमा डुङ्गा पल्टिएको हो।
अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन्। टर्कीले अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थीलाई आश्रय दिइरहेको छ।
अङ्काराले सन् २०१६ मा युरोपेली सङ्घसँग आर्थिक सहायतालगायत विभिन्न प्रोत्साहनको बदलामा शरणार्थीहरूको आगमन रोक्न सम्झौता गरेको थियो।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया