बिएल संवाददाता
जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विष्फोट भएकाे छ। रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट भएकाे हाे।
सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ। काइरोस बुधबार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर, यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन।
कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो। कतिपय ठाउँमा आगलागी पनि देखिएको छ। खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन। यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो।
यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ।
‘स्पेस वन’को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ। कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया