बिएल संवाददाता
अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ।
गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए।
सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ।'
'बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,' विज्ञप्तिमा भनिएको छ।
पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन्।
पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो।
पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया