बिएल संवाददाता
गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताएका छन्।
गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध्र प्रदेशमा उक्त दुर्घटना भएको थियो।
रेलमन्त्री अश्विनी वैष्णवलाई उद्धृत गर्दै भारतीय समाचार संस्था (पीटीआई) ले लेखेको छ, 'आन्ध्र प्रदेशमा भएको पछिल्लो रेल दुर्घटना चालकहरूले क्रिकेट खेल हेर्दै गर्दा विचलित भएका कारण भएको हो।'
उनले भने, 'अब भारतले कुनै पनि विचलन पत्ता लगाउन सक्ने प्रणालीहरू स्थापना गर्नेछ। नयाँ प्रविधिले चालकहरूलाई आफ्नो जिम्मेवारीबाट अन्यत्र ध्यान मोडेको खण्डमा उनीहरूको सवारीतर्फ ध्यान केन्द्रित गर्नेछ।'
क्रिकेटका लागि ‘क्रेजी’ भारतका करोडौं शुभचिन्तकहरूले अक्टोबरमा सम्पन्न विश्वकप खेलको प्रत्यक्ष प्रशारण हेरेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार गत महिना एक मालबाहक रेलले चालकबिना ७० किलोमिटर (४० माइल) यात्रा गरेको पुष्टि भएपछि अधिकारीहरूले स्टेशन मास्टर र अन्य तीन कर्मचारीलाई बर्खास्त गरेका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया