बिएल संवाददाता
निर्वाचनका बेला अनेकौँ रोचक किस्सा सुनिन्छन्।
कतिपय राजनीतिक दलका उम्मेदवारहरूले मतदातालाई भोट भाग्दै ल्यापटप, मोबाइल, साइकलजस्ता सामग्री वितरण गर्छन्। र, मासु–भात, रक्सी बाँडेर भोट किन्छन्।
चुनावका बेला नेपालसहित भारतीय राज्य बिहार, यूपीमा पनि यस्ता रमाइला दृश्यहरू राम्रोसित देख्न सकिन्छ। तर भारतीय आन्ध्र प्रदेशमा दुई राजनीतिक दलले चुनावलाई ध्यानमा राखेर कण्डम वितरण गरिरहेका छन्।
लोकसभा चुनावअघि कण्डमको प्याकेट राज्यमा प्रचारको नयाँ रणनीति बनेको छ।
इन्डिया टुडेको रिपोर्टअनुसार प्रमुख दलले आफ्नो पार्टीको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट सर्वसाधारणलाई वितरण गरिरहेका छन्।
राजनीतिक दलको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
सत्तारुढ वाईएसआर कंग्रेस पार्टी र प्रमुख विपक्षी दल तेलुगु देशमा पार्टीका कार्यकर्ताहरूले मतदातालाई चुनाव चिन्ह अंकित कण्डमको प्याकेट बाँडेको बताइएको छ।
लोकसभा चुनावका लागि घरदैलो अभियान चलाइरहेका पार्टीका नेताहरूले कण्डमको प्याकेट पनि वितरण गरिरहेको भारतीय मिडियामा उल्लेख छ।
यद्यपि, दुवै पक्षले कण्डम वितरण गरेको भन्दै एकअर्काको आलोचना गरिरहेका छन्। तर कण्डमको प्याकेट उनीहरूले बाँडिरहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया