बिएल संवाददाता
भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ।
मन्त्रालयले उनीहरूको छुट्टी सुनिश्चित गर्नका लागि मस्कोसँग काम गरिरहेको समेत बताएको छ।
करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो।
विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा पुष्टि गरेको छैन तर एक विज्ञप्तिमा भनेको छ, ‘केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ।’
‘भारतीय दूतावासले नियमितरूपमा उनीहरूको शीघ्र रिहाइका लागि सम्बन्धित रुसी अधिकारीहरूसँग यस मामिलालाई उठाइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ।’
भारतीयहरूलाई दुबईस्थित भर्तीकर्ताहरूले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै धोका दिएको दि हिन्दूको रिपोर्टमा आरोप लगाइएको छ। मस्कोमा पुगेपछि भारतीयहरूलाई कथितरूपमा ‘रुसी सेनाबाट हतियार र गोलाबारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपङ्क्तिमा पठाइएको थियो।
अखबारका अनुसार केही भारतीयले कथितरूपमा वर्तमान युद्धमा युक्रेनी बलहरूसँग स्वेच्छिकरूपमा स्वयंसेवा गरेका थिए भने अर्कोतिर उनीहरूको कथित संलग्नताको यो पहिलो ज्ञात उदाहरण थियो। स्वदेश फिर्ताका लागि उनीहरूको ‘बारम्बारको आग्रह’ लाई मस्कोमा भारतीय दूतावासले ‘बेवास्ता’ गरेको एक व्यक्तिले अखबारलाई बताएका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया