प्रदीप भट्टराई
सन् २०२३मा विश्वभर अनेकौ परिघटना घटे। ती परिघटनामा लाखौं मानिसको मृत्यु भयो। जुन मृत्यु असामयिक र फरक थिए, ती समाचारका शीर्षक बने। ती शीर्षक बनाउने अरू कोही नभएर सञ्चारकर्मी र पत्रकार नै थिए। कसैले फस्ट भएर बनाए, कसैले ढिलो भए पनि फ्याक्ट लिएर बनाए, कसैले फ्याक्टसहित फस्ट भएर पनि बनाए। जे जसरी भए पनि ती मृत्यु समाचार बने, बनाइए।
तर, अरूको मृत्युको समाचार बनाउने तिनै सञ्चारकर्मी र पत्रकार पनि समाचार बन्ने गरी मरे । यसरी मर्ने सञ्चारकर्मी र पत्रकारको संख्या एकसय २० पुग्यो । उनीहरू पनि एक दुई गनिदै एकसय २० पुगेका हुन् । यसरी गनिनेमध्ये ११ पत्रकार महिला थिए भने बाँकि एक सय नौ पुरूष पत्रकार थिए ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का अनुसार यसरी मारिने पत्रकारमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् ।
नेपाली पत्रकार ताथ सञ्चारकर्मी यस्तो समाचारको शीर्षक बन्नु परेन। यसलाई एक सुखद् संजोग भन्नुपर्छ। तर, यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५३ घटना भएछन्। त्यसमा ८७ पत्रकार र ५ संञ्चारसंस्था प्रभावित भएछन्।प्रभावित हुने पत्रकारमा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार।
कामना गरौं, सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना हुँदै नहुन्, भैहाले पनि हातको औलामा गन्न सकिने मात्र हुन् ।
यसैगरी एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २, फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार मारिए भने उत्तर तथा दक्षिण अमेरिकामा तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिएका छन् ।
आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन आह्वान गरेको छ। पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको आइएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन् ।
बाँचुञ्जेल मान्छे यो वा त्यो भएर फरक भए पनि मरेपछि सबै बराबर हुन्छन् त्यो हो लाश। राजा होस् या रंक, सेलिब्रेटी होस् या भुइँमान्छे, मरेपछि हुने भनेको लाश मात्रै हो । वास्तवमा संसारमा सबैभन्दा गाह्रो काम लाश गन्ने हो । समाचार बनाउने क्रममा को पहिला हुने भन्दै तँछाड मछाड गर्दै लाश गन्ने सञ्चारकर्मी र पत्रकार पनि अन्तत: हुने भनेको लाश नै हो ।
सन् २०२३ मा यसरी अनाहक लाश बनेका एकसय २० सञ्चारकर्मी र पत्रकारको आत्मालाई शान्ति मिलोस्, शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्।
कामना गरौं, यसरी लाश हुने अन्तिम सञ्चारकर्मी र पत्रकार उनीहरू नै बनुन् । यो हाम्रो प्रिय कामना हो तर संसारमा सबै प्रिय कामनाहरू पूरा भएका कहाँ हुन्छन् र ?
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया