सोमबार, २५ अगस्ट २०२५

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुट्टो मुद्दामा फसाइएको दाबी गरे। शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिनँ: अर्थमन्त्री पुन

‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन। राज्यको नीतिमा स्थायित्व चाहिन्छ’, पुनले भने, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो। तर, मैले त्यसो गर्नु उपयुक्त ठानिन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए निर्वाचन त्रुटिपूर्ण: युजर नेम र पासवर्डकै दुरुपयोग

महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रुपमा उपस्थित नहुनुले कमजोरी देखिएको औँल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ बजारमा

शुक्रबार गायक मल्लकै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे। मल्लको शब्द तथा संगीत रहेको गीतमा गायिका संगीता राना प्रधानको स्वर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो। गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अभियुक्तलाई हिरासत कि अस्पताल: अदालतमै पेश हुन्छ ‘शंकास्पद’ रिपोर्ट

गृहमन्त्रालयले अभियुक्तलाई अस्पतालमा बस्न दिने अनुमतिका विषयमा बाहिरी देशमा प्रवन्ध के छ? नेपालको विद्यमान कानुन र अभियुक्तलाई उपचार सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार–संहिता आकर्षित हुने–नहुने अवस्था आदिका विषयमा अध्ययन प्रतिवेदन तयार पार्न काउन्सिललाई भनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उत्तरपुस्तिका हराएकाे विषयमा अखिल छैठाैँ- विद्यार्थीकाे जीवनसँग खेलबाड नगराैँ

राष्ट्रिय जनमाेर्चानिकट विद्यार्थी संगठन अखिल छैठाैँले परीक्षा नियन्त्रणकाे कार्यालय बल्खुबाट उत्तरपुस्तिका हराएकाेप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरीनिकट मन्त्रीलाई सुदूरपश्चिम सरकार छाड्न रञ्जिताले दिइन् निर्देशन

शुक्रबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न निर्देशन दिएकी हुन्। टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनीसमेत दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्डसँग नेपाल ‘ए’ २१ रनले पराजित

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई पराजित गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको हो। आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिन्छ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२ वर्षमै एसइई परीक्षा दिँदै पर्वतका बालक

अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

गुण्डागर्दी र त्रास सृजना गर्ने गरेको अभियोगमा कपनबाट लिम्बू पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा अधिकारीलाई गृहमन्त्रीले भने- कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्

‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले भने, ‘नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिनुहाेस्। गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ समीकरण बनेपछि धेरै राम्रा काम अगाडि बढेका छन्: प्रचण्ड

‘पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ। त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औँल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुबाट आएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिप्टो कारोबारमा ठूलो अनियमितता: संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताएका छन्। छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानुनहरु आफूले उल्लङ्घन नगरेको दाबी गर्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन: प्रधानमन्त्री

‘राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ’, प्रधानमन्त्री दाहालले भने, ‘तर निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरीय काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या पनि गम्भीर छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै

‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ सञ्चालन हुने यस सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न करिब ५०० जना व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं