बिएल संवाददाता
आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई पराजित गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको हो।
आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो।
नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए। त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो।
आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्वाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए। त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए।
त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए।
योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल भोलि हुनेछ।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया