बिएल संवाददाता
आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई पराजित गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको हो।
आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो।
नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए। त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो।
आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्वाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए। त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए।
त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए।
योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल भोलि हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया