
चैते धानमा किसानको आकर्षण बढ्दै
भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्छन्। उनले हिउँदे खेतीमा तोरी लगाउँछन् भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्। 'खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो', रुपलालले भने, 'चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख/जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।'

बिएल संवाददाता - कैलाली