बिहिबार, १८ सेप्टेम्बर २०२५

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियाे, १४ वटा खच्चड पुलमै फसे (भिडियाे)

दैलेखमा कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चर दुई घण्टादेखि फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुँदै

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाइ हुँदैछ। यो रिट शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा

पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोहीअनुसार आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले यो मुद्धाको सुनुवाइ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कंगना रनौतले दिइन् ‘थप्पड’को जवाफ !

‘देशका सबै कानुन उल्लङ्घन गरी अपराध गर्ने अपराधीको आत्मासँग जोडिएर कसैको घनिष्ठ क्षेत्रमा प्रवेश गर्नु, उसको अनुमतिबिना उसको शरीर छोई शोषण गर्नु उचित ठान्नु भयो भने, तपाईं बलात्कार गर्ने वा हत्यालाई पनि सही मान्नुहुन्छ। तपाईंले आफ्नो मनोवैज्ञानिक आपराधिक प्रवृत्तिहरूलाई ध्यानपूर्वक अनुगमन गर्नुपर्छ’, उनी लेख्छिन्, ‘मेरो सुझाव छ कि प्लिज योगा र मेडिटेशन गर्नुस्। होइन भने जीवन बोझ र तितो लाग्नेछ। कृपया यतिधेरै रिस र डाहा नगर्नुस्। आफूले आफूलाई खुल्ला छोडिदिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगरमा विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडीमा आगजनी

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। साेही विरोधमा आन्दोलनरत विद्यार्थीले आयोगको गाडीमा ढुंगामुढुा गरी आगजनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ हजारले घट्यो सुनको मुल्य

आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय

सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक  नगर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तेस्रो पटक मोदी सरकार:  १४ दलका ४० जना मन्त्री

लोकसभाको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पनि बहुमत पुर्‍याउन नसकेको भारतीय जनता पार्टीले नै फेरि मोदीको प्रधानमन्त्रित्वमा सरकार बनाउँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ। पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए। शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

इलाममा आदिवासी जनजाति महोत्सव

इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव’ आयोजना हुँदैछ। नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटबारे छलफल हुनेछ। आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी

अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ। बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो। अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए। उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन्। नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए। शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिए। स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उनले बताए। एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रूपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानेछन्। प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

मध्य गाजामा इजरायली हमलामा कम्तिमा ५५ जना प्यालेस्टिनीको मृत्यु

मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

नेपाललाई हराएकाे नेदरल्याण्ड्स साउथ अफ्रिकासँग पराजित

शनिबार राति सम्पन्न खेलमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि ४ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १०४ रनकाे लक्ष्य साउथ अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं