बिएल संवाददाता
बलिउडकी अभिनेत्री कंगना रनौत ‘थप्पड काण्ड’को कारण निकै चर्चामा छिन्। त्यही घटनालाई लिएर हरकोहीले आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन्।
कसैले कंगनाको साथ दिइरहका छन् भने कसैले उनलाई थप्पड हान्ने महिलाको सर्पोट गरेर कंगनालाई ट्रोल गरिरहेकी छन्। त्यहीबीच कंगनाले आफूलाई ट्रोल बनाइरहेकाहरूलाई कडा जवाफ दिएकी छन्।
के भन्छिन् कंगना?
कंगनाले ट्वीटरमा ट्रोलरहरूलाई कडा जवाफ दिँदै लेखेकी छन्, ‘प्रत्येक बलात्कारी, हत्यारा र चोरसँग अपराध गर्नुको भावनात्मक, शारीरिक, मानसिक र आर्थिक कारण हुन्छ। विनाकारण कुनै अपराध हुँदैन, तरपनि त्यसलाई दोषी ठहर गरी जेल सजाय हुन्छ।’
‘देशका सबै कानुन उल्लङ्घन गरी अपराध गर्ने अपराधीको आत्मासँग जोडिएर कसैको घनिष्ठ क्षेत्रमा प्रवेश गर्नु, उसको अनुमतिबिना उसको शरीर छोई शोषण गर्नु उचित ठान्नु भयो भने, तपाईं बलात्कार गर्ने वा हत्यालाई पनि सही मान्नुहुन्छ। तपाईंले आफ्नो मनोवैज्ञानिक आपराधिक प्रवृत्तिहरूलाई ध्यानपूर्वक अनुगमन गर्नुपर्छ’, उनी लेख्छिन्, ‘मेरो सुझाव छ कि प्लिज योगा र मेडिटेशन गर्नुस्। होइन भने जीवन बोझ र तितो लाग्नेछ। कृपया यतिधेरै रिस र डाहा नगर्नुस्। आफूले आफूलाई खुल्ला छोडिदिनुस्।’
खासमा, लोकसभा चुनावमा हिमाचलको मन्डीबाट जितेपछि उनी चण्डीगढबाट दिल्ली जाँदैथिइन्। उडान भर्नअघि उनी तैनाथ सीआईएसएफ महिला कान्स्टेबल कुलविन्दर कौरले उनलाई थप्पड हानेकी थिइन्। अहिले कौरलाई ‘सपेन्स’ गरिदिएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया