बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकालेकाे छ।
शनिबार राति सम्पन्न खेलमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि ४ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १०४ रनकाे लक्ष्य साउथ अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे।
नेदरल्याण्ड्सले दिएकाे उक्त लक्ष्य पछ्याउने क्रममा साउथ अफ्रिकाले १२ रन बनाउँदा ४ विकेट गुमाइसकेकाे थियाे।
यद्यपि, त्यसपछि क्रिजमा आएका ट्रिस्टन स्टब्स र डेविड मिलारले ६५ रनकाे साझेदारी खेल खेल्दै साउथ अफ्रिकालाई जिए।
त्यसक्रममा स्टब्सले ३३ र मिलारले अविजित ५९ रन प्रहार गरे।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
नेदरल्याण्डसका भिभिन किङ्मा र लाेगन भान वीकले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ बनाएकाे थियाे।
त्यसक्रममा साइब्राण्ट एङ्गलब्रेच्टले ४०, लाेगान भान बीकले २३, विक्रमजित सिंहले १२ तथा कप्तान स्कट इडवार्डसले १० रन बनाएका थिए।
साउथ अफ्रिकाका ओट्टनेइल भार्थम्यानले ४ तथा मार्काे जाेनसेन र एनरिच नाेर्टजेले २-२ विकेट लिए।
जारी विश्वकपमा साउथ अफ्रिकाकाे याे लगातार दाेस्राे जित हाे। भने, नेदरल्याण्डसकाे पहिलाे हार हाे। नेदरल्याण्डसले पहिलाे खेलमा नेपाललाई पराजित गरेकाे थियाे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया