मङ्गलबार, १६ सेप्टेम्बर २०२५

स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए ४३ लाख जरिवाना तिर्नुपर्ने

जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन्। १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ब्रिटिश एजुकेशन ग्रुपले लियो क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व

नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी)को स्वामित्व लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिकवि भानुभक्तको जन्मजयन्ती आज: विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाकाे सम्भावना

हाल कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढी–पहिरोबाट १ सय ३ जनाको मृत्यु

देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी जम्मा एक सय तीन जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री बन्दै ओली, नियुक्ति र शपथ भोलि हुने

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री बन्दै ओली, नियुक्ति र शपथ भोलि हुने

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री बन्दै ओली, नियुक्ति र शपथ भोलि हुने

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री प्रचण्ड आजै निजी निवास खुमलटार सर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छोड्ने तयारी थालिएकाे छ। स्रोतका अनुसार उनी दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताइएकाे छ। प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीमा ओलीको दाबी पेशः शीतलनिवासबाट बाहिरिए देउवा र ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दाबी पेश गरिएको हो। दाबी पेश गर्न शुक्रबार राति ९ बजे ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुगे। त्यसाे त शीतलनिवासबाट देउवा र ओली बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शीतलनिवास जाँदै कांग्रेस-एमालेका नेताः ओलीले गरे प्रधानमन्त्रीको दाबी पेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए। ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्य नेपालको चितवनमा पहिरोले बगाउँदा त्रिशुलीमा हराएका दुई बस र यात्रुको एकदिन लगाएर खोजी गरिएपनि केही भेटिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालुवाटार छाडेका प्रचण्डलाई खुमलटारमा भव्य स्वागत

शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड काम चलाउ प्रधानमन्त्री

संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेस सभापति र एमाले अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर

काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयमा, आजै सरकार गठनको आह्वान हुँदै

संसद सचिवालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

समाजसेवी जीवन रोका मगर ‘प्रादेशिक नवप्रतिभा पुरस्कार- २०८०’बाट पुरस्कृत

बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट स्थापित राष्ट्रिय तथा प्रादेशिक नवप्रतिभा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै संस्कृति विधातर्फ नवप्रतिभा पुरस्कार- २०८० द्वारा उनी पुरस्कृत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ सरकार गठनका लागि बाटो खुल्यो, प्रधानमन्त्री ओली कि देउवा?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत पाउन नसकेसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ