मङ्गलबार, १६ सेप्टेम्बर २०२५

प्रचण्डको दुखेको चित्त: काँग्रेस-एमालेले राष्ट्रिय सहमति भनेर ढाँटे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण गरेका काँग्रेस-एमालेले आफूलाई त्यो सहमतिबारे झुक्याएको भन्दै चित्त दुखाएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धनको सहमतिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्दा उनले आफूलाई झुक्याउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्। प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन्। शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब फेरि जनताले शक्ति देखाउने बेला भयो– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारले ‘हाइप्रोफाइल’का फाइलहरू खोल्दाखेरि डराएर काँग्रेस र एमाले मिलेर आफूलाई ढाल्न खोजेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारसँग डराएर काँग्रेस–एमालेलाई अरु कसैलाई मिलाएको हो–प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बिघटन गर्नेहरूले मलाई नैतिक सिकाइरहेका छन्-प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्याग्दीमा पहिरोमा घर पुरिंदा २ जनाको मृत्यु

म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ। घर पुरिंदा तुलप्रसाद र उनीकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रात्रि बस सञ्चालनमा रोक लगाउने सरकारको तयारी

शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा गर्दा  थप जोखिम हुने भएकोले रोक लगाउने प्रस्ताव गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (लाइभ)

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिँदैछन्। प्रमुख सत्तारुढ दल नेकपा एमालेले असार १९ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी संसदबाट विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्डलाई विश्वासको मत दिन रवि लामिछानेको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पहिराेले बगाएका दुईवटा बसमा कति थिए यात्रु? (नामसहित)

चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा नदीमा खसेका बस र यात्रुहरूको खोजी कार्य जारी छ। रौतहट र वीरगञ्जका ५४ यात्रुहरू सवार दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवन दुर्घटना: बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। शुक्रवार बिहान झन्डै साढे ३ बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बीबीसीलाई बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भिडियाेमा हेर्नुस्, पहिराेले दुईवटा बस बगाएकाे स्थान

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ। जसमा २४ जना यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन्।  शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सिमलटारका ४० घर डुबानमा

नहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

अपडेट: पहिरोले दुईवटा बस बगाउँदा ६५ जना यात्रुको अवस्था अज्ञात

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।  शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्।  भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहिरोले घर पुरिँदा एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

अविरल वर्षाका कारण कास्कीमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ, भने २ जना बेपत्ता भएका छन्। पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

बुद्धको विमान अवतरणको क्रममा धावनमार्ग बाहिर

बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ। राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ।  उडान नम्बर बीएचए ८०५  विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ