बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।
संसदमा विश्वासको मत माग्दै उनले संविधान संशोधनको नाममा देशमा राजनीतिक द्वन्द्व निम्त्याउने काम नगर्न पनि चेतावनी दिए।
उनले आफ्नो सरकारसँग डराएर काँग्रेस र एमाले मिलेको भन्दै त्यसको नियतमाथि पनि शंका गरे। काँग्रेस-एमाले मिलेको भन्ने लाजले राष्ट्रिय सहमतिको सरकार भन्न थालेको पनि आरोप लगाए।
‘प्रधानमन्त्रीको हैसियतले मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेका थिएँ।कसैको प्रोफाइल हेरेको थिइनँ’ उनले भने ‘काँग्रेस-एमालेको गठबन्धन त्यहीबाट डराएर भएको हो भन्ने घामजस्तै छर्लङ्ग छ।’
उनले काँग्रेस एमाले आफै नमिलेर अरु कसैले मिलाएको पनि ठोकुवा गरेको थिएँ।
‘राम्रो नियत भएको भए, राष्ट्रिय सहमतिको सरकार चाहिएको भए यही संसदमा छलफल हुन्थ्यो’ उनले भने ‘रातबिरात अँध्यारो कोठामा राष्ट्रिय सहमतिको कलाबिहीन नाटक गरियो। हामीलाई डर छ तपाईंहरूलाई जसले मिलाएको हो उसकै आदेशमा चल्नुहुन्छ भन्ने।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया