बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण गरेका काँग्रेस-एमालेले आफूलाई त्यो सहमतिबारे झुक्याएको भन्दै चित्त दुखाएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धनको सहमतिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्दा उनले आफूलाई झुक्याउन खोजेको बताए।
‘मैले उहाँलाई यो के हो किन यस्तो गर्नुभएको भनेर सोधें’ उनले भने ‘तर उहाँहरूले केही पनि भएको छैन। त्यो केही होइन भनेर छलछाम गर्नुभयो। अनि राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर भन्नुभयो।’
उनले छलछामपूर्ण सहमतिको नियत प्रष्ट भएको पनि दाबी गरे।
‘तपाईंहरूको यो सहमतिको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा प्रष्टै छ। सहमतिको तयारी कसरी भयो, कहाँ कहाँ बसियो, कसकसको घरमा बसेर हस्ताक्षर गरियो भन्ने बम जनताले नजिकबाट हेरिरहेका छन् र त्यसको हिसाबकिताब राखिरहेका छन्’ उनले भने।
संसदमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलहरू मिलेर सरकार चलाउँदा त्यो प्रतिगमनतिर जानसक्ने अर्को डर पनि व्यक्त गरे।
‘पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर हुन्छ भने देश निरंकुशतातर्फ जान्छ’ उनले भने ‘सरकार बनाउने मात्रै होइन ठूला दलहरूले गठबन्धन गरेर संविधानमाथि छेडछाड पनि गर्न खोजिएको छ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया