बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेश भएको छ।
कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दाबी पेश गरिएको हो।
दाबी पेश गर्न शुक्रबार राति ९ बजे ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुगे। त्यसाे त शीतलनिवासबाट देउवा र ओली बाहिरिएका छन्।
दुवै दलको संसदीय दलको नेताको हैसियतले समर्थन पत्र बुझाएका हुन्। प्रतिनिधसभामा कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थन ओलीलाई प्राप्त भएको छ।
अरु साना दलको समर्थन पेश गरिएको छैन। राप्रपा जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत ओलीलाई समर्थन गर्ने जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि आजै राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया