शुक्रबार, १२ सेप्टेम्बर २०२५

आईजीपी कुँवर ग्रीस प्रस्थान

मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औँ इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन आईजीपी कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुखसमेत रहेका ५५ वर्षीय दिसानायकेलेले सोमबार पद तथा गोपनीयताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता, विमानस्थलमा खुसीयाली

माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रीलङ्काबाट भागेका ‘राष्ट्रपति’ विनाेद चौधरीकाे हाेटलमा

राजपक्षे ड्रुक एअरको उडान नम्बर केबी ४०० मा साेमबार बिहान ८ बजे काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बताएकाे छ। कोलम्बोमा नवनिर्वाचित वामपन्थी राष्ट्रपतिले शपथ लिएलगत्तै राजपक्षे काठमाडौं आएका हुन्। उनलाई नेपाली काँग्रेसका सांसद एवं व्यापारी विनोद चौधरीले स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँ तिहारमा चिनीको अभाव नहुने

विभागले भारतबाट खरिद गरेको ८ हजार १ सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल एकता पार्टी घोषणाको तयारी

नेपाल एकता पार्टीले आफ्नो घोषणासभाको तयारी गरिरहेको जनाएको छ। डा.महेन्द्रजंग शाहको संयोजनामा अहिले तदर्थ समिति गठन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डले दिए बधाई

‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु’, अध्यक्ष प्रचण्डले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फुर्सदमा बिपुलले लेखे, ‘बोल… मन खोल…’ (भिडियोसहित)

पत्रकार तथा गीतकार बिपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ल्याएका छन्। तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ।  क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ। सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो।  नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो। कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा ओली र आरजुको स्वागत कार्यक्रम नै रद्द !

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिने भनिएको  स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ ।अमेरिकामा रहेका रास्वपा र पहिचानवादी संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने जनाएपछि सुरक्षाको कारण कार्यक्रम रद्द गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

दुर्गा प्रसाईं काठमाडाैँमा पक्राउ परेलगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ।  प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ।  यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापामा दुर्गा प्रसाईंका समर्थकले तीन ट्रक जलाए

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ।  यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ। ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

ओली र मोदीबीच न्युयाेर्कमा भेटवार्ता, के भयो कुराकानी?

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ। उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

रास्वपाकाे पार्टी कार्यालयमा सादा पोशाकका प्रहरी परिचालन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे वनस्थलीस्थित कार्यालयमा सादा पोशाक र केही बर्दीका प्रहरीहरु परिचालन गरिएकाे छ।  रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सन्देश पठाइएपछि प्रहरीहरु परिचालन गरिएकाे स्राेतले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ पर्ने डरले रविले कार्यालयमै बोलाए नेता कार्यकर्ता

सहरकारीको रकम अपचलनमा पक्राउ पर्ने डरले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता कार्यक्रतालाई पार्टी कार्यालयमा बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले बोलायो आकस्मिक बैठक

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेका सभापति रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले कार्यकर्तालाई कार्यालयमा बोलाएको हाे। सभापति लामिछाने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा आकस्मिक छलफलमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र ‘एक्टरस् टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक

निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन्। पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भीर विडम्बना हो: ईश्वर पोखरेल

‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भीर विडम्बना हो। यस्तो स्थिति बनेको छ अहिले। राजनीति त चाहियो तर सहि राजनीति चाहियो। यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं