शुक्रबार, १२ सेप्टेम्बर २०२५

विश्वकप लिग–२ः आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ।  मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ।  नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्।  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने

श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।  बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ।  यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटन जनशक्तिलाई सशक्त बनाउने श्रृखंलाको सुरुवात

बोर्डको सभाकक्षमा आयोजना गरिएको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका  ६५ विद्यार्थीहरू सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ। इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाेब्बर मूल्यमा मिनिरल वाटर बच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना

जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेलम्ची भ्रष्टाचारमा दोषीलाई आठ वर्ष कैद

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मुछिएकाहरूलाई विशेष अदालतले कैद सजाय सुनाएको छ। अदालतले आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुरसहित चारजनालाई आठ वर्षको कैद र बिगो सहित जरिवाना सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको चुनाव तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न सर्वोच्चकाे आदेश

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान संशोधन कांग्रेस-एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो। सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको छ: रविन्द्र मिश्र

संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई सन्तोष परियारकाे आग्रह- तपाईंको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्

उनले भने, ‘म युद्ध विरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो। फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु। तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्’, परियारले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो। प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

आज ३२९ कम्पनिको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २  हजार ६८३ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु’

सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन- कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्

‘कुन आयोजनाको अवस्था के छ? समस्या के छ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो। टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पुगेकाे छ। साेमबार प्रसाईंका कानुन व्यवसायीले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईं अस्पताल भर्ना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले अदालत हाजिर गराएको थियो। त्यस क्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषा प्रहरीको हिरासतबाट भागेका ४ जना थुनुवा पक्राउ

पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका-७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका-१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा