शुक्रबार, १२ सेप्टेम्बर २०२५

साफ यू– १७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित

भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको सहमतिविना संविधान संशोधन असम्भव: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने मागसहित प्रदर्शन

विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी व्यहोरेका र जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिस्वरुप ५० खर्ब डलर दिनुपर्ने माग गर्दै जलवायु अभियन्ताहरुले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान

व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाे छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ: अर्थमन्त्री

शनिबार त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यौन विचलनको आरोप खेपेका क्याम्पस प्रमुखलाई उन्मुक्ति

उर्लाबारीका मेयर गंगाप्रसाद खरेलसहित क्याम्पस संचालन समितिका केही सदस्यको असहमतिका बीच उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले ‘क्लिन चिट’ पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

न्युयोर्क पुगे प्रधानमन्त्री ओली, कार्याबाहक राजदूतले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

जलवायु वित्तको भुक्तानी माग गर्दै जनमार्च

विभिन्न जलवायु सम्बद्ध २४ संघ-संस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन्। ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आहृवान जनमार्च गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायतका क्षेत्रमा बिहान १०ः३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ। त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।  विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए। यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ। त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई बर्खास्तको माग

विगत १५ दिनदेखि अस्पतालको गेट अगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतका माग राख्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।  समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाका ३ राज्यमा अर्ली भोटिङ सुरू, पहिलो दिन नै उत्साहजनक मतदान

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन हुन ४५ दिन बाँकि छ । तर, अमेरिकाका तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने अर्ली भोटिङ सुरू भएको छ।अर्ली भोटिङको पहिलो दिन आज शुक्रबार नै मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जोखिममा सगरमाथा सहकारी

माेरङकाे सबैभन्दा जेठाे बचत ऋण सहकारीका रुपमा परिचय बनाएको उर्लाबारी- ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था उच्च जाेखिममा देखिएको छ। संस्थाकाे ३४ औँ वार्षिक  साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भएका तथ्यांकले संस्था उच्च जाेखिममा देखिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

अमेरिका उडे ओली, निराश हुन कार्यकर्तालाई माधव नेपालकाे आग्रह (भिडियाे)

आजै संसद सचिवालयले सहकारी संस्था बचत रकम दुरुपयाेगसम्बन्धी विशेष छानबिन प्रतिवेदन सार्वजनिक गर्‍याे। प्रतिवेदन सार्वजनिक भएपछि करिब साढे तीन महिनादेखि पूर्वगृहमन्त्री रवि लामिछानेलगायत व्यक्तिहरु र सहकारीबारे उठेका प्रश्न, जिज्ञास र भ्रम चिरियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा कांग्रेस–एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन्: कमल थापा

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्नसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली दोहामा

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने क्रममा उनी कतारको दोहा पुगेका पुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दोहा

एक लाख बढी लागूऔषध ट्याबलेटसहित ६ जना पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँले ‘अपरेशन अलट्राज’ अन्तर्गत ६ जनालाई १ लाख ८० हजार ४ सय ३० वटा लागूऔषध ट्याबलेटसहित पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुमार रम्तेलकाे बयान- रवि लामिछाने सहकारीको ऋणी हुन्

सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन्। संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं