बिएल संवाददाता
साफ यू– १७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ।
भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग्रता लिन असफल भएको थियो। नेपालका गोलरक्षक पेम्बा नोर्बुले पनि पाकिस्तानी प्रहारलाई लगातार बचाए पनि ८१ औं मिनेटमा नेपालले गोल खान पुगेको थियो।
पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि पाकिस्तानको रक्षात्मक लाइन बलियो रह्यो र अन्ततः पाकिस्तान विजयी भयो।
यस जितसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक लिएको छ। अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ भने पाकिस्तानले भुटानविरुद्ध सेप्टेम्बर २३ मा र सेप्टेम्बर २५ मा श्रीलंकासँग खेल्ने छ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले खेलपछि पत्रकारसँग कुरा गर्दै राम्रो खेल्दा खेल्दै पनि टिम पराजित हुन पुगेकोमा दुखी भएको बताए।
पाकिस्तानकी खेलाडीलाई हाइट एड्भान्टेज रहेको बताउँदै श्रीलंकाविरुद्धको खेल ३ प्वाइन्ट लिने गरी खेल्ने बताए। कप्तान सुवास घाइते भएर मैदान छाडेको प्रश्नमा प्रशिक्षक श्रेष्ठले चोट सामान्य रहेको बताउँदै श्रीलंकाविरुद्ध फिट हुने पनि उल्लेख गरे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया