बिएल संवाददाता
नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।
नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन्। भने, सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक-एक गोल गरेका थिए।
यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ।
त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन्।
अब नेपालले सेमिफाइनलमा समुह ए को उपविजेता भारतसँग खेल्ने छ। भने, भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ।
सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया