बिएल संवाददाता
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर मानिएको टोली सान मारिनोले युइएफए नेसन्स लिगमा नयाँ इतिहास बनाएको छ।
सोमबार भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी)मा प्रवेश गरेको छ। यो सान मारिनोको दोस्रो प्रतिस्पर्धात्मक जित हो। सान मारिनो १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ऐतिहासिक सफलता हासिल गर्यो।
भाडुजस्थित राइनपार्क स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा लोरेजो लाजारी, अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोला नानीको पेनाल्टीको मद्दतले सान मारिनोले अप्रत्याशित जित दर्ता गरेको हो। खेलको ४०औं मिनेटमा एरेन सेलेले गोल गर्दै लिकटेन्स्टाइनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सान मारिनोले बराबरी गोल गरेको थियो। लोरेजो लाजारीले बराबरी गोल गरेका थिए। त्यसपछि ६६औं र ७६औं मिनेटमा अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोला नानीले पेनाल्टीमा गोल गरेपछि खेल सान मारिनोको पक्षमा गयो। रेफ्रीले फाइनल ह्वीसल गरेपछि सान मारिनोका खेलाडीहरू मैदानमा खुसीयाली मनाउन दौडिएका थिए।
सान मारिनोले यसअघि सेप्टेम्बरमा लिकटेन्स्टाइनविरुद्ध आफ्नो पहिलो प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो।
यो नतिजासँगै समूह डी– १ को शीर्ष स्थानमा रहँदै लिग सी मा सान मारिनो उक्लिएको हो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया