शुक्रबार, १२ सेप्टेम्बर २०२५

कुमार रम्तेलकाे बयान- रवि लामिछाने सहकारीको ऋणी हुन्

सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन्। संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शुक्लाफाँटाको जग्गा समस्या समाधानका लागि आयोग गठन

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरूको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश श्री जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने,’ मन्त्रिपरिषद् निर्णयमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिवेदन भन्छ– सञ्चालक थुनेर सहकारी समस्या समाधान हुँदैन

व्यक्तिको नियत खराब हुँदा अहिले सहकारी समस्या भएको भन्दै प्रतिवेदनमा भनिएको छ– ‘तर सञ्चालक थुनामा पर्दैमा बचतकर्तालाई न्याय हुने अवस्था भएन।’ बचतकर्ता आफ्नो बचत फिर्ता होस्, बाँकी राज्यले जे गरे गरोस भन्ने अवस्थामा रहेको पनि प्रतिवेदनमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले बेरुजु फछ्र्यौट समिति गठन गर्ने, याक दिवस मनाउने

शुक्रबार असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामान्य प्रक्रियाबाट फछ्यौट हुन नसकेका बेरुजु फछ्र्यौट गर्न प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा समिति गठन भएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दलितलाई खै?’ आन्दोलन स्थगित, ६ महिनापछि वार कि पार गर्ने गरी आन्दाेलन गर्ने सुनारकाे घाेषणा

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै?’ भन्ने प्रश्नसहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेता–कार्यकर्तालाई माधव नेपालले भने: पार्टीमा निराशा पैदा नगर्नुस्, धेरै रिस उठे घरमा सिरक ओढेर सुत्नुस्

उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो। आशा पैदा गर्ने काम आशावादीहरुको हो। हामीले आशाको सन्देश दिने हो। आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन। आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ। जनताको विश्वास जित्छ, संगठन बनाउँछ। संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानकाे बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै जटिल बनाइयाे

संघीय संसद् सचिवालयले शुक्रबार सार्वजनिक गरेकाे समितिकाे प्रतिवेदनअनुसार उनले सहकारी समस्यालाई राजनीतिक विषय बनाइँदा सहकारीप्रति नै मानिसको विश्वास उडेका बयान दिएका हुन्। सहकारी पीडितलाई न्याय दिन खर्च गर्नुपर्ने समय आफूलाई दोषी देखाउन खर्च गरिएकाे उनले बयानमा भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् सहकारी ठगीमा फरार जीबी राईसहित २९ जना (सूचीसहित)

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ। फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार ११ सय २४ पेज लामो पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक अपराधिकरण र फोहोरी खेल बढ्न थाल्यो: मन्त्री गुरुङ

‘राजनीतिचाहिँ अहिले फोहोरी हुँदै गएको छ। पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो। त्यो गलत कुरा थियो। राजनीति फोहोरी खेल होइन। तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छऽ त्यो अन्त्य हुनुपर्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेकोले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १५ सयले बढ्यो सुन मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाइरल ज्वरोका बिरामी बढे

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए। उनले भने, ’दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन्।’ मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन्।  उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तय भएको छ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनसुनी वायुको प्रभाव कायम: यी पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

देशभरी मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा  पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे देखियाे नेशनल डे कन्सर्ट (फाेटाे/भिडियाे)

संविधान दिवसकाे अवसरमा सरकारले दरबारमार्गमा सांस्कृति कार्यक्रम गरेकाे छ। संविधान दिवसकाे अवसरमा सरकारले दरबारमार्गमा नेशनल डे कन्सर्ट गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभर संविधान दिवसकाे उल्लास, धरहरामा सर्वसाधारण

२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सरकारले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोह आयोजना गरेको थियो। त्यसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेता कूटिनीतिक नियोगका विशिष्ट व्यक्तिहरू सामेल थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ