शुक्रबार, १२ सेप्टेम्बर २०२५

शिक्षकको माग गर्दै सरकारविरुद्ध सडकमा उत्रिए मधेसका विद्यार्थी

वीरगञ्ज र गौरमा आम विद्यार्थी मोर्चाले प्रदर्शन गरेको हाे। आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगञ्जमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गौर

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ: गृहमन्त्री

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्’

सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पाँचौ मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन

गत शनिबार शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो। हृदयघात भएपछि तत्काल धापासीस्कोस्थित ग्रान्डी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा उनको निधन भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्: प्रचण्ड

‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ’, उनले भने, ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङमा भूकम्पकाे धक्का

बुधबार बिहान १०:८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविप्रति शंकर पोखरेलको टिप्पणी- वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो?

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति  लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबारमार्गकाे सडक बन्द गरिएपछि आसपासमा चर्काे जाम, सर्वसाधारणलाई सास्ती

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माणलगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएपछि आसपासका क्षेत्रमा जाम भएकाे हाे। अहिले लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथलगायत सडकहरूमा चर्काे जाम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्र श्राद्ध: पशुपतिमा पितृलाई सम्झिँदै (तस्बिरहरू)

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा  बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दरबार मार्गमा ‘कन्सर्ट’को तयारी: सवारी आवागमन बन्द

‘काठमाण्डौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१/०६/०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१/०६/०१ गते २०ः०० बजेदेखि मिति २०८१/०६/०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोह्र श्राद्ध शुरु, पक्षभर पितृको सम्झना गरिँदै

सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो।  मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–२ क्रिकेट: आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ। यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–२ क्रिकेट: आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ। यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मौसम पूर्वानुमा: तराई हुरी चल्ने, यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ। विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीको अमेरिका भ्रमण : पशुपतिको जात्रा, सिद्राको व्यापार

अमेरिकी कोणबाट हेर्दा ओली अमेरिकासँग अप्रत्यक्ष रूपमा जोडिएको भुटानी शरणार्थी प्रकरणमा साइनो गाँसिएका एक संदिग्ध पात्र हुन् । उनी राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन सेप्टेम्बर २०मा न्युयोर्क आउँदैछन् । उनको यो अमेरिका भ्रमण‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तै हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सहकारी ठगीमा रवि लामिछानेको संलग्नताबारे कानुन व्यवसायी विभाजित

छानबिन समितिले सहकारी ठगीमा संलग्न धेरैलाई कारबाहीको सिफारिस गरेपनि यतिबेला चर्चामा रवि लामिछाने र गोर्खा मिडिया रहेको छ। छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई कानुनी रुपमा कसरी बुझ्ने भन्नेबारेमा रिपोर्टर्स क्लब नेपालले कानुनविद्हरुसँग साक्षत्कार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश संरचना कुनै पनि हालतमा हट्दैन: देउवा

उनेल भने, ‘प्रदेश संरचना बनिसकेको छ। त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन। यसलाई हटाउन सकिने स्थिति पनि छैन। प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो। सँधै कति समानुपातिकबाट ल्याउने? त्यो समस्या चाहिँ छ। समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं