शुक्रबार, १२ सेप्टेम्बर २०२५

विश्वकप लिग–२: क्यानडासँग नेपाल १०३ रनले पराजित

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो। सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मौसम पूर्वानुमाः यी प्रदेशमा वर्षाको सम्भावना

देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार

बागमती संरक्षणसँग जोडिएको रिट निवेदनमा भएको सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण र नजिरको प्रतिकूल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट सोमबार सचिव फणीन्द्र गौतमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनी प्रदेशकी काँग्रेस सचेतक गिरीले दिइन् राजीनामा

सोमबार उनले संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएकी हुन्। राजीनामा दिनुको कारणबारे उनले विविध कारण भनेकी छन्। तर के कारण हो, त्यो भने खुलाएकी छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर

समितिले सोमबार संसद्मा प्रतिवेदन पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भावी प्रधानन्यायाधीशमा राउत सिफारिस

सर्वोच्च अदालतकाे भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन्।  साेमबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि राउतकाे नाम सिफारिस गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

समितिलाई असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ। समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत लिँदै

माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन्। माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस

गोर्खा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न अध्यक्ष गितेन्द्रबाबु राई (जिवी राई), सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको समितिले उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन: काँग्रेस प्रवक्ता

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भयो: रवि लामिछाने

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो: सांसद खनाल

सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्यसमेत रहेका उनले भने, ‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन। सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५७ अङ्कले घट्याे नेप्से, ७ अर्बको कारोबार

आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् १० भन्दा बढी बैठकमा नआएका सांसदहरू (भिडियाे)

उनका अनुसार १४ जना सांसदहरू उपचार र भ्रमण तथा घरेलु काममा व्यस्त भएका कारण संसदका १० भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका हुन्। तीमध्ये सबैभन्दा धेरै अनुपस्थित हुने सांसदहरूमा मनोरमा शेरचन, बसन्त नेम्वाङ र सीता बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीसम्बन्धी छानबिन समितिकाे प्रतिवेदन संसदमा पेश (भिडियाे)

साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्। बैठकमा सभापति थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानेबारे प्रधानमन्त्रीले संसदलाई गराए जानकारी

साेमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफू महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते अमेरिका जाने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सांसदकाेमाग- मेटमणि चाैधरीलाई देशद्राेहीकाे मुद्दा लगाइयाेस्

‘एक जना माननीयज्यू, पूर्वमन्त्रीज्यूले एक सञ्चारमाध्यममा आफ्नाे विचार राख्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भू-भाग हाेइन, याे भारतकाे भू-भाग हाे, भारतकाे दाबी जायज छ भन्ने विचार व्यक्त गर्नुभएकाे छ। याे संविधान विराेधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु, यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्राेहीकाे मुद्दा लगाउन सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ: सांसद बस्नेत

सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैंमा दुखद कुरा भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं