बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।

स्वागत तथा अन्तर्क्रिया कार्यक्रम अमेरिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेका भातृसंगठनले आव्हानमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विभिन्न स्थानिय नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग फिने क्रममा शुक्रबारदेखि अमेरिकामा छन् । परराष्ट्रमन्त्री डा. राणा देउबा क्यानाडा हुँदै शनिबार न्युयोर्क आएर प्रतिनिधि मण्डलमा सहभागी भएकी छन् ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया